१२ आश्विन २०८१, शनिबार

सुन तस्करीमा संलग्नता भेटिएपछि बुटवलका दुई सुनचाँदी पसल शिल

प्रकाशित मिति :  3 July, 2023 10:01 am


काठमाडौँ । रुपन्देहीबाट भारततर्फ लैजाँदै गरेको झण्डै २ केजी सुन बुटवलकै सुन पसलको संलग्नता भेटिएको छ । सो प्रकरणमा संलग्नता भेटिएपछि बुटवलका दुई वटा सुनचाँदी पसल शिल गरिएको छ ।

सुन तस्करीमा संलग्नताको आशंकामा बुटवलको लक्ष्मीपती सुनचाँदी पसल र बालाजी सुनचाँदी पसल र शिल गरिएको हो । बालाजी सुनचाँदी पसलका सञ्चालक इन्द्र रिजाल हुन् भने लक्ष्मीपति सुनचाँदी पसलकी सञ्चालक उनकी श्रीमती हुन्।

असार १० गते रुपन्देहीको कालिदह नाका हुँदै भारतर्फ लैजाँदै गरेको करिब २ केजी सुन सशस्त्र प्रहरीले बरामद गरेको थियो । सुन तस्करीका क्रममा पक्राउ परेका व्यक्तिहरूका बयानका आधारमा बुटवलको अमरपथमा रहेको बालाजी र लक्ष्मीपति सुनचाँदी पसलको पनि संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको भैरहवा भन्सार कार्यालयले जनाएको छ।

करिब २ करोड मूल्यको १ केजी ९६५।३ ग्राम तौलको सुन, तस्करी गर्न प्रयोग गरिएको बा१२च ३८२० नम्बरको गाडी र गाडीका चालक दाङ घोराही उपमहानगरपालिका १० का हुमानन्द गिरीलाई सशस्त्र प्रहरीले भैरहवा भन्सार कार्यालयको जिम्मा लगाएको थियो ।



प्रतिक्रिया दिनुहोस !