१२ आश्विन २०८१, शनिबार

सुनको मूल्य घट्यो, चाँदी स्थिर

प्रकाशित मिति :  3 July, 2023 11:04 am


काठमाडौँ । आज सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज सोमबार छापावाला सुन तोलाको १०० रुपैयाँ घटेर तोलाको एक लाख १० हजार रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघको विवरण अनुसार आइतबार तोलाको १३७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज सोमबार स्थिर रहि सोही मूल्यमा कारोबार हुने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !