१२ आश्विन २०८१, शनिबार

बहस छाडेर आन्दोलनमा उत्रिए देशभरका कानुन व्यवसायी

प्रकाशित मिति :  3 July, 2023 1:32 pm


काठमाडौं । देशभरका कानुन व्यवसायीहरु मुद्दामा बहस पैरवी छाडेर आन्दोलनमा उत्रिएका छन् ।

जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछाबीचको विवादपछि भएको हातहाल हाल भएको घटनालाई लिएर कानुनी व्यवसयाी आन्दोलनमा उत्रिएका हुन् ।

कानुन व्यवसायीहरुले ललितपुर जिल्ला अदालत, पाटनमा विरोध प्रदर्शन गरेका छन्। कानुन व्यवसायी अमिर लामिछानेमाथि दायर भएको मुद्दा खारेजीको माग गर्दै कानुन व्यवसायीले प्रदर्शन गरेका हुन्।

कानून व्यवसायीहरुले नासु प्रेमिकाले आदेशको फाइल हेर्न घुस मागेको आरोप लगाएका छन्।

यही असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै देशभरका अदालतका कर्मचारीहरुले आन्दोलनस्वरुप आइतबार तीन घण्टा काम नगरी विरोध जनाएका थिए । आइतबार नै नेपाल बार एशोसिएसनले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सोमबार बहस पैरवी नगर्ने घोषणा गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !