१२ आश्विन २०८१, शनिबार

प्रधानमन्त्रीले बोलाए सत्ता गठबन्धनको बैठक

प्रकाशित मिति :  3 July, 2023 3:01 pm


काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको बैठक बोलाएका छन्।

प्रधानमन्त्रीले कोशी प्रदेशमा सरकार गठनको विषयमा छलफल गर्न सत्तागठबन्धनको बैठकल बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री निवास वालुवाटालमा बस्नेगरी बोलाइएको स्रोतले जनाएको छ ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था तथा कोशी प्रदेशमा नयाँ सरकार गठनको विषय पनि छलफल हुने बताइएको छ ।

गत पुस २४ गते मुख्यमन्त्री बनेका नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश सभा बैठकमा शुक्रबार विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको लागि आह्वान भएको छ।



प्रतिक्रिया दिनुहोस !