१२ आश्विन २०८१, शनिबार

नेप्सेमा २१ अंकको गिरावट, लगानीकर्ताको आर्कषण हिमालयन इस्योरेन्समै

प्रकाशित मिति :  3 July, 2023 3:17 pm


काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एकसचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक २१.३२ अंकले घटेर २०७५.९७ अंकमा झरेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक ४.१७ अंकले घटेर ३८६.३५ अंकमा पुगेको छ ।

आज नेप्सेमा करोबार भएका कुल १३ उपसमुहमध्ये २ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ११ उपसमुहको सेयरमूल्य घटेको छ ।

सोमबार कारोबार रकमका आधारमा हिमालयन इन्स्योरेन्स लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २३ करोड ९४ लाख ४५ हजार ७ सय ८५ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा सिवाईसी लघुवित्त वित्तीय संस्था र बिपीडब्लू लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन लक्ष्मी इक्यूटी फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ८.९५ प्रतिशतले घटेको छ ।

कुल २७६ कम्पनीको ९ करोड ४१ लाख ८ हजार ९ सय ५२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५ करोड १० लाख ७८ हजार ३ सय ७५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !