७ आश्विन २०८१, सोमबार

दुग्ध विकास बोर्ड खारेज नगर्ने अर्थमन्त्री महतको आवश्वासन

प्रकाशित मिति :  3 July, 2023 4:58 pm


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले दुग्ध विकास बोर्ड खारेज नगर्ने आवश्वासन दिएका छन् ।

नेपाल डेरी एसोसिएसनसहितका संघसंस्थाका प्रतिनिधिसँग आज अर्थमन्त्रालयमा भएको अर्थमन्त्री महतले बोर्ड संवेदनशील संस्था भएको आफूले महसुस गरेको भन्दै खारेज नगर्ने विषयमा सकारात्मक रहेको बताए ।

एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालका अनुसार सदनमा पनि धेरै सांसदले आवाज उठाएको भन्दै अर्थमन्त्री महतले बोर्ड खारेजी नगर्ने विषयमा आफू सकारात्मक रहेको बताएका थिए ।

सरकारले आर्थिक वर्ष २०८०८१ को बजेट वक्तव्य मार्फत खारेज गर्न खोजेका संस्था मध्य बोर्ड पनि परेको थियो ।

अर्थमन्त्री महतले मंसिरसम्म समय रहेको भन्दै बोर्ड खारेजी नगर्ने विषयमा आफू सकारात्मक रहेको बताएका अध्यक्ष दाहालले जानकारी दिए ।

उनले भने,“ अर्थ मन्त्री ज्यूबाट सकारात्मक जवाफ आएको छ । आशा छ बोर्ड खारेज हुने छैन । ”



प्रतिक्रिया दिनुहोस !