१२ आश्विन २०८१, शनिबार

ललिता निवास प्रकरणमा थप २ जना पक्राउ

प्रकाशित मिति :  3 July, 2023 5:12 pm


काठमाडौं । बालुवाटारको ललिता निवास प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबीले समरजंग कम्पनीका तत्कालिन प्रमुख रमेश पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई पक्राउ गरेको हो ।

गृह मन्त्रालय मातहतको समरजंग कम्पनीको नाममा ललिता निवासको धेरै जग्गा ल्याइएको थियो । सोही जग्गा पछि व्यक्तिका नाममा सारिएको थियो ।

यो प्रकरणमा हालसम्म पक्राउ परेकाको संख्या ९ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !