१२ आश्विन २०८१, शनिबार

सरकारले विभिन्न समयमा भएका भ्रष्टाचारका काण्डहरूको फाइल खोल्छ : महरा

प्रकाशित मिति :  3 July, 2023 6:11 pm


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले विभिन्न समयमा भएका भ्रष्टाचारका काण्डहरूको एकपछि अर्को फाइल खोल्ने बताएका छन् ।

संवाद डबलीले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष महराले भ्रष्टाचारविरुद्धको अभियानबाट सरकार पछि नहट्ने बताए ।

सरकार भ्रष्टाचार विरोधी अभियानबाट पछि हट्दैन भन्ने कुरा नक्कली भुटानी शरणार्थीदेखि ललिता निवास प्रकरणसम्म पुग्दा त्यो पुष्टी भएको दाबी गरे । उनले भने,“ सरकारले भ्रष्टाचारविरुद्धको अभियानबाट पछि हट्दैन । यो कुरा नक्कली भुटानी शरणार्थीदेखि ललिता निवास प्रकरणसम्म पुग्दा त्यो पुष्टी भएको छ ।



प्रतिक्रिया दिनुहोस !