१२ आश्विन २०८१, शनिबार

मिडिया एकेडेमीले सुरु गर्‍याे बिट पत्रकारिता तालिम, पहिलो सत्र हवाई क्षेत्र र मौसमबारे हुने

प्रकाशित मिति :  3 July, 2023 6:27 pm



काठमाडौं । गत वैशाख ११ गते राति ९ बजेर २१ मिनेटमा काठमडौंबाट दुबईका लागि उडेको प्लाई दुबईको बोइङ ७२७–८ केएन विमानमा उडेको ३० सकेन्डमै बायाँतर्फको इन्जिनमा आगलागी भएको थियो ।

१ सय ६८ यात्रु बोकेर राति उडेको जहाज उड्दै गर्दा कोटेश्वरको आकाशमा अस्वभाविक आवाजसँगै इन्जिनमा आगोको लप्का देखिएको थियो ।

जहाजका पाइलटले काठमाडौं विमानस्थलको टावरलाई ‘आफ्नो जहाजको बायाँ इन्जिनमा आगलागी भएको’ जानकारी दिएका थिए  । तर भोलिपल्ट विहान वैशाख १३ गते दुबई अन्तराष्ट्रिय विमानस्थलमा सो जाहाज सकुशल अवतरण भयो ।

जहाज सकुशल अवतरण भएतापनि नेपालका सञ्चारमाध्यमहरुले भने गलत र भ्रामक समाचार सम्प्रेषण गरिरहे ।

केही अनलाईन सञ्चारमाध्यमको असजकता र भ्रामक सुचनाका कारण पुरै सञ्चारमाध्यमले नै ट्रोलको सिकार बन्नु परेको थियो । हवाई क्षेत्र र प्राविधिक शब्दहरुबारे जानकारी हुन नसक्दा सञ्चारमाध्यमहरुले सहि सुचना प्रभाव गर्न नसकेको हो ।
गत माघ १ गते पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटना भएको थियो ।

चालक दलसहित ७२ जना सवार सो जहाज पोखरास्थित सेति खोँचमा ठोक्किएको थियो ।

जहाज दुर्घटनाको कारण के हो भन्ने रहस्य मै रहँदा पनि नेपाली सञ्चार माध्यमहरुले भने जहाज पुरानो भएको कारणले दुर्घटना भएको सुचना सम्प्रेषण गरेको थियो । तर हवाईक्षत्रका विज्ञहरुभने कहिल्यै पनि जहाज थोत्रो नहुने बताउछन् तसर्थ सञ्चारमाध्यम र विज्ञहरूबिच कुरा बाझिँदा पनि पाठकहरु दोधारमा परेका थिए ।

यी माथिका दुई प्रतिनिधि घटनामात्रै हुन् तर हवाइ क्षेत्र तथा मौसमसँग सम्बन्धित प्राविधिक विषय र सब्दावलिबारे उचित ज्ञान नहुँदा सञ्चारकर्मीले लेखेकै विषयलाई पाठकहरुले सत्य ठान्ने हुँदा भ्रामक सुचना फैलिने गरेको छ ।

हवाई क्षेत्रको प्राविधिक शब्दहरुबारे जानकारी, हवाई क्षेत्र र मौसमसँग सम्बन्धित ज्ञान दिनको लागि मिडिया एकेडेमी नेपाले, पत्रकार महासंघ, नेपाल वायु सेवा निगम, नागरिक उड्ययन प्रधिकरण र प्रेस काउन्सिलको सहकार्यमा एक साताको कार्यशाला आयोजना गरेको छ ।

असार २४ गतेदेखि सुचारु हुने सो कार्यशाला असार ३० सम्म सञ्चालन हुने मिडिया एकेडेमी नेपालका निर्देशक डम्बर शाहुले बताउनुभयो । विभिन्न संचार माध्यममा समाचारका लागि रिपोर्टिङ गरिरहेको संचारकर्मी वा यस क्षेत्रमा बिट रिपोर्टिङ गर्न इच्छुक पत्रकार, मिडियाकर्मिहरुको बिषयगत ज्ञान, क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यले सो कार्यशाला राखिएको उनले जानकारी दिए ।

निर्देशक शाहुका अनुसार कार्यशाला हरेक दिन बिहान ८ देखि ९ः३० बजे सम्म (प्रतिदिन १ घण्टा ३० मिनेट) हुनेछ । निः शुल्क सञ्चालन हुने सो कार्यशालाबाट हवाई क्षेत्र तथा मौसम सम्बन्धी बिट रिपोर्टिङ गर्ने पत्रकारहरुले लाभ लिन सक्ने निर्देशक शाहुले बताए । कार्यशाला नेपाल पत्रकार महासंघको हलमा हुने छ ।



प्रतिक्रिया दिनुहोस !