१२ आश्विन २०८१, शनिबार

तिनाउ नदीले पार गर्‍यो खतराको तह

प्रकाशित मिति :  4 July, 2023 8:20 am


काठमाडौँ । तिनाउ नदीमा आएको बाढीले जल सतह खतराको तह पार गरेको छ । सोमबार रातिदेखि रुपन्देही, पाल्पालगायत आसपासका जिल्लामा निरन्तर वर्षा भएकाले पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलबस्तु, दाङ र आसपासका जिल्लामा अति भारी वर्षा भएको छ । उक्त स्थानका खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै पहाडका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार तिनाउमा बिहान पानीको सतह ७.२२ मिटर पुगेको छ । जल सतह ५.२ मिटरलाई सतर्कता तह मानिन्छ भने ५.६ मिटरलाई खतराको तह मानिन्छ ।



प्रतिक्रिया दिनुहोस !