१३ आश्विन २०८१, आइतबार

हनुमानढोका परिसरभित्र सवारी साधन प्रवेशमा रोक

प्रकाशित मिति :  4 July, 2023 10:41 am


काठमाडौँ । काठमाडौँको हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गरिएको छ । काठमाडौं महानगरपालिकाले काठमाडौँ मुख्यरुपमा प्राचिन र ऐतिहासिक कालीगढको उदाहरण रहेको बताउँदै हनुमानढोका परिसरमा सवारी निषेध गरिएको जनाएको छ ।

काठमाडौँ महानगरका मेयर बालेन शाहले हनुमानढोका क्षेत्रमा दिनहुँ हजारौँ पर्यटक आउने भएकाले यस क्षेत्रको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ राख्नका लागि यस क्षेत्रमा सवारी साधनलाई निषेध गरिएको जानकारी दिए ।

विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसायिकता अँगाल्न सक्ने भनेकै यिनै सम्पदा र यिनको प्राचीन मौलिकता रहेको उनले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !