१३ आश्विन २०८१, आइतबार

बढ्यो सुन, कतिमा भयो आजको कारोबार ?

प्रकाशित मिति :  4 July, 2023 11:50 am


काठमाडौँ । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज मंगलबार छापावाला सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेर प्रतितोला एक लाख १० हजार ४०० रुपैयाँमा किनबेच भइरहेको छ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ९ हजार ८५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

मंगलबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार सोमबार तोलाको १३७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज मंगलबार तोलाको ५ रुपैयाँले बढेर प्रतितोला १३७५ रुपैयाँ आजको कारोबार मूल्य तोकिएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !