१३ आश्विन २०८१, आइतबार

अर्घाखाँचीकाे पाणिनीमा पहिराेमा परी तीन बालबालिकाकाे मृत्यु

प्रकाशित मिति :  4 July, 2023 12:10 pm


अनिल नेपाली-

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. १ पणेनामा तिन बालबालिकाको मृत्यु भएको छ । मंगलवार बिहान घरमाथिकाे बारिछेउबाट पहिराे झर्दा घरमा बसीरहेका बालबालिका पुरिएका हुन् ।

बिहान करीब ७ बजेतिर भएको घटनामा अन्दाजी १० वर्षका गोरक्षनाथ आविमा कक्षा ३ मा अध्ययनरत धनबहादुर राष्कोटी, नेरामाविमा कक्षा ५ मा अध्ययनरत अन्दाजी ११ वर्षका खुमबहादुर राष्कोटी र कक्षा ५ मा अध्ययनरत अन्दाजी वर्ष १२ अञ्जना राष्कोटीको घटनास्थलमै मृत्यु भएको नेरा मावि पणेनाका शिक्षक पुष्करराज पोख्रेलले जानकारी दिए ।

एउटै घरका दुई भाइका छोराछोरीको मृत्यु भएको घटनास्थलमा पुगेका स्थानीय विष्णुभक्त पोख्रेलले जानकारी दिए । एक जना बालक सचिन राष्कोटीलाई उद्धार गरी उपचारका लागि पाल्पा पठाईएको छ ।



प्रतिक्रिया दिनुहोस !