१३ आश्विन २०८१, आइतबार

नेपाल धितोपत्र बोर्डबाट दुई इस्योरेन्स सहित ५ कम्पनीले पाए आइपीओ निष्काशनको अनुमति

प्रकाशित मिति :  4 July, 2023 3:07 pm


काठमाडौं । नेपाल धितोपत्र बोर्डले एक साथ ५ वटा कम्पनीलाई साधारण सेयर (आइपीओ) निष्काशनको अनुमति दिएको छ ।

बोर्डले दुई इन्स्योरेन्स र एक हाइड्रोपावर गरी तीन कम्पनीलाई प्रिमियम मूल्यमा र एक कम्पनीलाई प्रतिकित्ता ५० रुपैयाँ अंकित दर तथा एक कम्पनीलाई अंकित मूल्यमा सेयर बिक्रीको अनुमति दिएको हो ।

बोर्डले सिटिजन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, मान्डु हाइड्रोपावर, मिड–सोलु हाइड्रोपावर र हाथवे इन्भेस्टमेन्ट नेपाललाई आईपीओ निष्कासनको अनुमति दिएको हो। यीमध्ये सिटिजन लाइफ, सन नेपाल लाइप र माण्डु हाइड्रोपावरले प्रिमियममा आईपीओ निष्कासनको अनुमति पाएको छन्।

यी पाँच वटै कम्पनीलाई बोर्डले असर १६ देखि असार १९ गतेसम्म सेयर निष्काशनको अनुमति प्रदान गरेको हो । यी पाँच कम्पनीले ५ अर्ब ५२ करोड ४७ लाख २ हजार २२० रुपैयाँ बराबरको सेयर बिक्री गर्नेछन् ।

हाथवे इन्भेस्टमेन्ट

हाथवे इन्भेस्टमेन्टले भने ५० रुपैयाँ अंकित मूल्यमा २९ लाख २५ हजार कित्ता आईपीओ बिक्री गर्ने अनुमति पाएको छ। कम्पनीले उक्त आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ ।

मान्डु हाइड्रोपावर

मान्डु हाइड्रोपावरले पनि १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा आईपीओ बिक्री गर्न पाउने अनुमति पाएको छ। कम्पनीले उक्त आइपीओ निष्काशन तथा प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

मिड–सोलु हाइड्रोपावर

मिड–सोलु हाइड्रोपावरले स्थानीय, वैदेशिक रोजगारमा रहेका नेपाली र सर्वसाधारणलाई १०० अंकित मूल्यमा कुल १४ लाख ९६ हजार ८०० कित्ता आईपीओ बिक्री गर्ने अनुमति पाएको छ। कम्पनीले उक्त आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सन नेपाल लाइफ इस्योरेन्स

सन नेपाल लाइफ इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २३९ रुपैयाँ आईपीओ बिक्री गर्नेछ। कम्पनीले कुल ९६ लाख कित्ता आईपीओ बिक्रीको अ कम्पनीले उक्त आइपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स

सिटिजन लाइफले १०० अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियर थप गरेर प्रतिकित्ता २४४ रुपैयाँमा आईपीओ बिक्री गर्ने अनुमति पाएको छ। कम्पनीले १ करोड २५ लाख कित्ता आईपीओ बिक्री गर्नेछ। कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ।



प्रतिक्रिया दिनुहोस !