१३ आश्विन २०८१, आइतबार

दुग्ध विकास बोर्ड खारेज भए आन्दोलनको नेतृत्व म गर्छु : पूर्वप्रधानमन्त्री खनाल

प्रकाशित मिति :  4 July, 2023 7:20 pm


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले दुग्ध विकास बोर्ड खारेज भए आन्दोलनको नेतृत्व आफूले नै गर्ने बताएका छन् ।

नेपाल डेरी एसोसिएसनसहितका संघसंस्थाको आज ध्यानकर्षण पत्र बुझ्दै नेता खनालले बोर्ड मुलुकका लागि आवश्यक रहेको भन्दै खारेज गर्न नहुनेमा जोड दिए ।

भेटमा सहभागि एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले भने,“ उहाँले बोर्ड खारेज गर्न नहुनेमा जोड दिनुभएकाे छ । बोर्ड खारेज हुने अवस्थामा आफूले नै आन्दोलनको नेतृत्व गर्छु भन्नुभयो । ”

सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत बोर्ड खारेज गर्ने निर्णय गरेपछि दुग्ध व्यावसायी तथा उद्योगीहरूले विरोध जनाउँदै आएका छन् ।

उनीहरूले प्रधानमन्त्री, अर्थमन्त्री लगायतलाई भेटेर ध्यानकर्षण पत्र बुझाइसकेका छन् । बोर्ड बचाउने अभियान अन्तर्गत आज पूर्वप्रधानमन्त्री खनाललाई भेटेको अध्यक्ष दाहालले जानकारी दिए ।

अहिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेतृत्व एकीकृत समाजवादीले नै गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !