१३ आश्विन २०८१, आइतबार

यी प्रदेशमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति :  5 July, 2023 6:53 am


काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । आज बिहान कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै र बांकी प्रदेशका एक\दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक\दुई स्थानमा मेघ-गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

त्यस्तै राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक\दुई स्थानमा मेघ-गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस !