१३ आश्विन २०८१, आइतबार

शुक्रबारभित्र एसइईको नतिजा सार्वजनिक गर्ने परीक्षा बोर्डको तयारी

प्रकाशित मिति :  5 July, 2023 10:19 am


काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा सार्वजनिक गर्ने सम्बन्धमा आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ।

बोर्डले गत चैतमा भएको एसइई परीक्षाको नतिजा २ दिनभित्र प्रकाशन गर्ने गरी अन्तिम तयारी भएको जनाएको छ। बोर्डका अनुसार बिहीबार अथवा शुक्रबारसम्म नतिजा सार्वजनिक गर्ने तयारी रहेको छ ।

२०७९ चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन एसइईमा देशभरबाट झण्डै ४ लाख ८५ हजार विद्यार्थी सहभागी भएका थिए। बोर्डले नतिजा लेटर ग्रेडिङ निर्देशिका(२०७२)अनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ ।

बोर्डका अनुसार एसइईको नतिजा वेबसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिनेछ । नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन्।

बोर्डले १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ व्यवस्था गरेको छ । साथै ५ वटाबाट एसएमएस र आइभिआरबाट नतिजा प्राप्त गर्न सकिनेछ।



प्रतिक्रिया दिनुहोस !