१३ आश्विन २०८१, आइतबार

कार्यकर्तालाई ओलीको निर्देशन : बाढी पहिरो र डुबान पीडितको उद्धारका लागि तयार रहनु

प्रकाशित मिति :  5 July, 2023 10:55 am


काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी पहिरो र ड्ुबान पीडितको उद्धारका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । वर्षायाम लागेसँगै बाढि पहिरोको खतरा बढेको भन्दै अध्यक्ष ओलीले आफ्ना कार्यकर्तालाई तयार रहन निर्देशन दिएका हुन् ।

आइतबार सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै आफ्ना कार्यकर्तालाई उद्धार तथा सहयोग कार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरेका छन् ।

फेसबुकमा उनले लेखेका छन् ‘भारी वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति भएका खबरहरू आइरहेका छन्, पहिरोका कारण राजमार्गहरू अवरुद्ध हुने र यात्रुहरू प्रभावित हुने क्रम बढ्दै छ । त्यसप्रति उच्च सतर्कता अपनाउन, राजमार्गहरूमा ट्राफिक नियमको पालना गर्न म सबैमा अनुरोध गर्दछु,’ ओलीले भनेका छन्, ‘हाम्रो पार्टीको विपत् व्यवस्थापन विभागलाई मौसमको प्रतिकूल प्रभाव र सम्भावित स्थितिबारे सर्वसाधारणलाई पूर्व जानकारी गराउन र आवश्यक उद्धार तथा सहयोग कार्यका लागि तयारी अवस्थामा रहन आग्रह गर्दछु ।’

बाढी पहिरोको जोखिमबारे राज्यले आफ्ना निकायहरूलाई यथोचित परिचालन गरोस् भन्ने विषयमा पनि ओलीले सरकारको ध्यानाकर्षण गराएका छन् ।



प्रतिक्रिया दिनुहोस !