१३ आश्विन २०८१, आइतबार

नेप्सेमा मोदी इनर्जी र रावा इनर्जीको सेयर कारोबार खुल्यो

प्रकाशित मिति :  5 July, 2023 11:48 am


काठमाडौं । धितोपत्र दोस्रो बजारमा मोदी इनर्जी लिमिटेड र रावा इनर्जी डेभलपमेन्टको सेयर कारोबार खुलेको छ । बुधबार प्रि ओपन सेसनमा दुवै कम्पनीको पहिलो कारोबार भएसँगै दोस्रो बजारमा नियमित समयका लागि सेयर कारोबार खुला भएको हो ।
पहिलो कारोबारको लागि मोदी इनर्जीले प्रतिकित्ता न्यूनतम ९२.७७ रुपैयाँदेखि अधिकतम २७७.७९ रुपैयाँ र रावा इनर्जीलाई प्रतिकित्ता न्यूनतम ८३.१० रुपैयाँदेखि अधिकतम २४९.३० रुपैयाँको ओपनि रेन्ज तोकेको थियो । यी दुवै कम्पनीको प्रि ओपन सेसनमा क्रमस २७० र २३९.३० रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ ।

आइपीओ जारी पछि मोदी इनर्जीको कुल २ करोड ९० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको थियो । नेप्सेले मोदी इनर्जीलाई ‘एमइएल’ कारोबार संकेत प्रदान गरेको छ ।
त्यस्तै रावा इनर्जीको कुल २० लाख कित्ता सेयर सूचिकृत भएको छ । नेप्सेले दोस्रो बजारमा सेयर कारोबारको लागि ‘आएडब्ल्यूए’ कारोबार संकेत प्रदान गरेको छ ।



प्रतिक्रिया दिनुहोस !