१३ आश्विन २०८१, आइतबार

नेप्सेमा ३९ अंकको गिरावट, कारोबार रकम ३ अर्बमा झर्यो

प्रकाशित मिति :  5 July, 2023 3:35 pm


काठमाडौं । साताको कारोबारको चौथो दिन सेयरबजारमा गिरावट आएको छ । बुधबार नेप्से परिसूचक ३९ अंकले घटेको छ भने कारोबार रकम पनि ३ अर्बको हाराहारीमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ३९.२६ अंकले घटेर २०४९.४४ अंकमा झरेको छ ।
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ५.८९ अंकले घटेर ३८२.७४ अंकमा पुगेको छ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्यमा गिरावट आएको छ ।

बुधबार कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको १६ करोड ४९ लाख १२ हजार ५ सय ९६ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन सिटी होटल र रावा इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी दुवै कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

त्यस्तै आज बीपीडब्ल्यू र मोदी इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कुल २७७ कम्पनीको ८ करोड ९ लाख २ हजार ९ सय ६९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७ करोड ३९ लाख ९२ हजार १ सय ३६ रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !