१३ आश्विन २०८१, आइतबार

प्रधानमन्त्रीको राजिनामा माग गर्दै एमालेले गर्यो संसद बैठक अवरुद्ध

प्रकाशित मिति :  5 July, 2023 5:00 pm


काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै प्रतिनिधिसभा बहिस्कार गरेको छ ।

बुधबार संसदको बैठक सुरु भए लगत्तै समय लिएर बोलेका एमाले सांसद रघुजी पन्तले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिमा आपत्ति जनाए ।

सांसद पन्तले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा स्पष्ट नभएसम्म संसद चल्न नदिने जिकिर गरे । योसँगै एमाले, राप्रपा, रास्वापाका सांसदहरु बैठकबाट बाहिर निस्किए ।

विपक्षीदलका सांसदहरुले नारावाजी गर्न थालेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाको लागि स्थगित गरिएको घोषणा गरे ।



प्रतिक्रिया दिनुहोस !