१३ आश्विन २०८१, आइतबार

सुनको मूल्यमा सामान्य वृद्धि

प्रकाशित मिति :  6 July, 2023 11:38 am


काठमाडौँ । आज बिहिबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार वुधबार तोलाको एक लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बिहिबार तोलामा १०० रुपैयाँले बढेर तोलाको एक लाख १० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख १० हजार १५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । वुधबार तोलाको १३८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेर तोलाको १३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !