१३ आश्विन २०८१, आइतबार

नेपालगञ्जको कारागारमा मृत भेटिए एकजना कैदी

प्रकाशित मिति :  6 July, 2023 11:40 am


काठमाडौं । बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदी मृत भेटिएका छन् ।

जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता आज बिहान शौचालयमा झुन्डिएको अवस्थामा भेटिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए ।

मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए । प्रजिअ आचार्यका अनुसार घटनाबारे मृतकको परिवार र आफन्तलाई खबर गरिएको तथा यसबारे प्रहरीले अनुसन्धान थालेको छ ।



प्रतिक्रिया दिनुहोस !