१३ आश्विन २०८१, आइतबार

अभिव्यक्तिका कारण राजीनामा दिनु पर्दैनः गठबन्धन

प्रकाशित मिति :  6 July, 2023 2:07 pm


काठमाडाैँ । सत्ता गठबन्धनले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका कारण प्रधानमन्त्रीबाट राजीनामा दिनु नपर्ने निस्कर्ष निकालेको छ ।

बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले कुनैबेलाको प्रसंगमा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीले राजीनामा दिन नपर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु असंसदीय भएको निस्कर्ष गठबन्धनको रहेको बताए ।

उनले बैठकमा गठबन्धनका दलहरुको छलफलबाट राजीनामा दिनु नपर्ने निस्कर्ष निकालिएको बताएका हुन् । त्यस्तै बैठकले कोशी प्रदेशको मुख्यमन्त्रीमा आज ५ बजेसम्म नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने  गरी प्रश्ताव पेस गर्न संघबाट निर्देशन दिइएको पनि बताए । 

उपाध्यक्ष पाण्डेले बैठकले मिटरब्याजबिरुद्ध सम्बन्धीको अध्यादेशमा रहेको समस्याका बारेमा गठबन्धन दलबीच छलफल गरी चाँडै नै संसदबाट पास गर्ने निर्णय भएको समेत बताए ।



प्रतिक्रिया दिनुहोस !