१३ आश्विन २०८१, आइतबार

बिहीबार नेप्सेमा झिनो अंकको गिरावट

प्रकाशित मिति :  6 July, 2023 4:57 pm


काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक ०.०६ अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयरमापक सूचक नेप्से परिसूचक ०.०६ अंकले घटेर २०४९.३८ अंकमा पुगेको छ ।

त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक ०.५८ अंकले घटेर ३८२.१६ अंकमा पुगेको छ ।

नेप्सेमा कारोबार भएका कुल १३ उपमुहमध्ये ६ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ७ वटा उपसमुहको मूल्य घटेको छ ।

आजको दिन लगानीकर्ताको आकर्षण शिवम् सिमेन्टमा रहेको छ । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको १८ करोड ५६ लाख ४२ हजार सय २१ रुपैयाँको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा सिटी होटल र रावा इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

त्यस्तै आज मोदी इनर्जी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् सम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

२८० कम्पनीको ९७ लाख ५१ हजार ८ सय ८५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७ करोड ७४ लाख ९८ हजार ३ सय १५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !