१३ आश्विन २०८१, आइतबार

प्रधानमन्त्रीको अभिव्यक्तिलाई दुराशयमा बदल्न खोजियो : नेकपा माओवादी केन्द्र

प्रकाशित मिति :  6 July, 2023 5:18 pm


काठमाडौँ । सरदार प्रितम सिंहको पुस्तक बिमोचनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चर्को विरोध गरेपछि नेकपा माओवादी केन्द्रले प्रतिवाद गरेको छ ।

काठमाडौँमा केही दिन अघि पुस्तक बिमोचनका क्रममा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले ‘आफूलाई प्रधानमन्त्री बनाउन सिंह भारत समेत गएको’ भनेका थिए ।

सोही विषयलाईं लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चर्को विरोध जनाएको छ । उसले सदन समेत अवरोध गर्दै आएको छ ।

नेकपा माओवादी प्रवक्ता एवं उपाध्यक्ष कृष्णबहादुर महराले विज्ञप्ति जारी गर्दै जनयुद्धबाट शान्ति प्रक्रियासँगै सरदार प्रितम सिंह र प्रधानमन्त्री प्रचण्डबिच औपचारिक मात्रै होइन भावनात्मक रुपमा समेत प्रगाढ सम्बन्ध रहेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्,“ यही पृष्ठभूमिमा सरदार प्रितम सिंहबाट आफूलाई प्रधानमन्त्रीको रुपमा देख्न चाहेको र त्यसका लागि उहाँले सक्दो योगदान गरेको थिार्थता प्रकट गर्ने सम्माननीय प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोज्नु प्रमुख प्रतिपक्षी दलको कुल्सित चाहना पुरा गर्ने अभिष्टता बोहक केही होइन ।”

मध्यरातमा भारतीय खुपिया एजेन्सी ‘रअ’ प्रमुखसँग बालुवाटारमा भेटेर पटकपटक संसद विघटन गरेको स्मरण गराउँदै प्रवक्ता महराले भनेका छन्,“ मध्यरातमा ‘रअ’ प्रमुखसँग बालुवाटारमा भेटेर पटक पटक संसद विघटन गर्ने, जनताका मुद्दाहरूमा कानुन बनाउन खोज्दा संसद अवरोध गर्ने, भ्रष्टाचारीहरूको छानविन र फाइल खोल्दा गैर जिम्मेवार बन्ने जस्ता पत्र र प्रवृत्तिले गर्दा प्राप्त राजनैतिक उपलब्धीहरू माथि प्रहार भइरहेको तथ्य नेपाली जनताले बुझिसकेका छन् ।”



प्रतिक्रिया दिनुहोस !