१३ आश्विन २०८१, आइतबार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रकाशित मिति :  7 July, 2023 7:01 am


फाइल फाेटाे।

काठमाडौँ ।आज प्रतिनिधिसभा बैठक बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ ।

आजको बैठकमा तीन वटा विधेयक प्रस्तुत हुनेछन् । जसअनुसार राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० प्रतिनिधिसभा बैठकमा टेबुल हुनेछ ।

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेस गर्नेछन् भने राष्ट्रियसभामा उत्पत्ति भएको ‘मलुकी संहिता सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।

यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलहरू भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडानमा राखेका छन् ।



प्रतिक्रिया दिनुहोस !