१३ आश्विन २०८१, आइतबार

अभिनेता सारुक ताम्राकार झुण्डिएको अवस्थामा मृत भेटिए

प्रकाशित मिति :  7 July, 2023 7:50 am


काठमाडौँ । अभिनेता सारुक ताम्राकारले आत्म हत्या गरेका छन् । उनी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन । उनी बहिबार राति रातोपुलस्थित आफ्नै निवासमा झुण्डिएको अवस्थामा मृत भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले नेपाल प्रेसलाई जानकारी दिए ।

एसपी रिजालले घटनास्थलको प्रकृति हेर्दा उनको मृत्यु शंकास्पद नदेखिएको बताएका छन् । घटनास्थलको मुचुल्कापछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।

मृत्युको कारणबारे नखुलेको र अनुसन्धान भैरहेको समेत प्रवक्ता रिजालले जानकारी दिए । बुबा आमसँगै बस्दै आएका उनी बाबुआमा पार्टीमा गएको समयमा आत्महत्या गरेका हुन् ।

उनले ‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरी बाचे’ लगायत चलचित्रमा अभिनय गरेका छन् । हाल छायांकन भइरहेको ‘ह्यासट्याग माया’ फिल्मको मुख्य अभिनेता समेत रहेका उनी बिहीबार बिहान ४ बजेसम्म फिल्मको सुटिङ गरेर घर फर्किएका थिए ।



प्रतिक्रिया दिनुहोस !