१३ आश्विन २०८१, आइतबार

कांग्रेस जिल्ला सभापतिहरुको बैठकको आज अन्तिम दिन

प्रकाशित मिति :  7 July, 2023 8:45 am


काठमाडौँ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक आज पनि बस्दैछ । बिहीबारदेखि जारी जिल्लासभापतिहरुको बैठक आज शुक्रबार पनि पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्ने भएको हो ।

बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ । बिहिबार बसेको बैठकमा ४२ जिल्ला सभापति र १८ जना जिल्ला सभापतिले पठाएका प्रतिनिधिहरु सहभागी भएका छन् ।

बिहिबारको बैठकमा २६ जना जिल्ला सभापतिहरूले आफनो धारणा राखेका थिए भने बाँकीले आज आफनो धारणा राख्ने कांग्रेसले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !