१३ आश्विन २०८१, आइतबार

कोशी प्रदेशको मुख्यमन्त्री थापाले लिए पद तथा गोपनियताको सपथ

प्रकाशित मिति :  7 July, 2023 10:59 am


काठमाडौं । नेपाली कांग्रेसबाट कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार मुख्यमन्त्री पदमा नियुक्त थापालाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

मुख्यमन्त्री नियुक्त भएसँगै थापाले नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट एक–एकजनालाई मन्त्री बनाएका हुन्।

एकीकृत समाजवादीबाट कमल जबेगु र कांग्रेसबाट प्रदीप सुनुवार मन्त्री बनेका हुन्। तर उनीहरुको मन्त्रालय नतोकिएपनि आजै शपथ ग्रहण गरेका छन् ।

कांग्रेस प्रदेश संसदीय दलका नेता थापा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।



प्रतिक्रिया दिनुहोस !