१३ आश्विन २०८१, आइतबार

उद्योग मन्त्रीद्वारा आफ्नै मन्त्रालयमा छड्के अनुगमन

प्रकाशित मिति :  7 July, 2023 12:17 pm


काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले शुक्रबार मन्त्रालयमा छड्के निरीक्षण गरेका छन् ।
शुक्रबार बिहान दश बजे मन्त्रालय पुगेर मन्त्री रिजालले आफ्नै मन्त्रालय मातहतका कर्मचारीहरु समयमा कार्यालयमा उपस्थित भए न भएको छड्के अनुगमन गरेका हुन् ।

निरीक्षणको क्रममा केही शाखामा कर्मचारीहरुको अनुपस्थिति रहेकोे पाइएपछि मन्त्री रिजालले कर्मचारी महाशाखाका प्रमुख लिला प्रसाद शर्मालाई कर्मचारी के कारणले समयमा उपस्थित हुन नसकेको हो बुझेर कर्मचारी नियमित रुपमा कार्यालय समयमा उपस्थिति हुने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

राम्रा कामको सुरुवात आफैबाट गर्नुपर्ने मान्यताका साथ आफु अघि बढेको भन्नु हुदै मन्त्री रिजालले सुधारको काम गर्न आफु कटीबद्ध रहेको बताए ।

त्यसैगरी समयमा नै कार्यालयमा उपस्थित हुने कर्तब्य राष्ट्रसेवक कर्मचारीहरुको भएको बताउँदै मन्त्री रिजालले यस बिषयलाई कडाईका साथ लागू गर्ने धारणा समेत व्यक्त गरे ।

मन्त्री रिजालले कार्यालयको सरसफाइ र कार्यालयको लेआउटमा ध्यान दिनसमेत कर्मचारीहरुलाई आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !