१३ आश्विन २०८१, आइतबार

प्रतिनिधिसभा बैठक बस्दै , यस्तो छ सम्भावित कार्यसूची

प्रकाशित मिति :  9 July, 2023 7:38 am


फाइल फाेटाे।

काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दै छ । सङ्घीय संसद् भवन, नयाँ वानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बस्न भएको छ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधयेक २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल हुनेछ।

त्यस प्रस्तावमाथि राप्रपा सांसद ज्ञानबहादुर शाही, नेमकिपाका सांसद र रास्वपाकी सांसदद्वय सोबिता गौतम र सुमना श्रेष्ठबाट प्राप्त विरोधको सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ।

यसै गरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेश गर्नेछन् भने राष्ट्रियसभामा उत्पत्ति भएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस !