१३ आश्विन २०८१, आइतबार

अर्घाखाँचीको शितगंगा नगरपालिकामा संघ र प्रदेशबाट सबै बजेट प्राप्त नहुँदा भुक्तानीमा समस्या

प्रकाशित मिति :  9 July, 2023 7:54 am


अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा संघ र प्रदेशबाट प्राप्त हुनु पर्ने रु. ७ करोड ३३ लाख बजेट प्राप्त नभएपछि भुक्तानीमा समस्या भएको छ ।

शितगंगा नगरपालिकाले गत असार २० गते सम्ममा सम्पुर्ण योजनाहरूको फाइल पेस गर्न सूचना जारि गरेको थियो ।

सूचना अनुसार अधिकांश योजनाको फाइल नगरपालिकामा पुगे पनि भुक्तानीमा समस्या भएको छ ।

नगरपालिकामा यस बर्ष वित्तीय समानिकरण तर्फ रु. १ करोड ८८ लाख कमी भएको छ भने संघीय राजस्व बाडँफाड तर्फ रु. ३ करोड ९४ लाखले कमी भएको योजना शाखा प्रमुख नुमलाल खनालले जानकारी दिए ।

अझै १२० भन्दा बढी योजनाको भुत्तानी हुननसकेको प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले जानकारी दिए । सरकारले वित्तीय समानिकरणमा प्रक्षेपण गरेको रु. १४ करोड ९७ लाखमा शितगंगा नगरपालिकामा १३ करोड ९ लाख मात्र बजेट आएको प्रमुख प्रशासकीय अधिकृत खनालले जानकारी दिए ।

संघीय राजस्व बाडँफाड तर्फ रु. १५ करोड ८२ लाख आउनु पर्नेमा ११ करोड ८८ लाख मात्र बजेट प्राप्त भएको छ ।

प्रदेश राजस्व बाँडफाड तर्फ शितगंगा नगरपालिकामा रु.२ करोड ५० लाख आउनु पर्नेमा रु. १ करोड ९९ लाख मात्र आएको छ ।

आन्तिरक आय तर्फ भने नगरपालिकाले अनुमान गरे अनुसारको ३ करोड ५० लाख राजस्व संकलन गर्न सफल भएको छ ।

आन्तरिक राजस्व तर्फ प्रदेश र बन रोयल्टी रु.८० लाख अहिलेसम्म नगरमा नपठाउदाँ आन्तरिक तर्फको बजेट समेत रु. २ करोड २० लाख मात्र रहेको छ ।



प्रतिक्रिया दिनुहोस !