१३ आश्विन २०८१, आइतबार

कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको सपथ

प्रकाशित मिति :  9 July, 2023 11:05 am


विराटनगर । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । प्रदेश मुख्यमन्त्री उद्धव थापाले माओवादीका दुई जना र नेपाली कांग्रेसका एक जना गरी तीन जना मन्त्री नियुक्त गर्दै पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

माओवादीबाट नियुक्त भएका जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट नियुक्त भएका रामकुमार खत्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन।

आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ । अरु भने विनाविभागीय छन् ।

बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार शपथ ग्रहण गरेका थिए ।

नेकपा एकीकृत समाजवादी पार्टीले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले गठबन्धन दलहरूबिच भएको पूर्व सहमति तोडेर मन्त्रिपरिषद् विस्तार गर्न लागेको भन्दै आपत्ति जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !