१३ आश्विन २०८१, आइतबार

मर्निङ वाकमा निस्किने महिलाहरुको सिक्री लुटपाटमा संलग्न ५ जना पक्राउ

प्रकाशित मिति :  9 July, 2023 3:13 pm


काठमाडौं । काठमाडौं उपत्यकामा मर्निङ वाकमा निस्किने महिलाहरुको सिक्री लुट्ने एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले श्रृंखलाबद्धरुपमा सुनको सिक्री लुटपाटमा संलग्न समूहका ५ जनालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो ।

उनीहरले मोटरसाइकल प्रयोग गरेर काठमाडौं महानगरपालिका, नागार्जुन नगरपालिका र टोखा नगरपालिका क्षेत्रमा महिलाहरुको सिक्री लुट्ने गरेको प्रहरीले जनाएको छ ।

महाशाखाले केही समयदेखि काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा मोटरसाइकलको प्रयोग विशेषतस् मर्निङ वाकमा हिँडिरहेका महिलाहरु लुटिएको गुनासो आएपछि अनुसन्धान थालेको थियो।

घाँटीमा लगाएको सुनका सिक्रीहरु लुटपाट हुने गरेको घटनाको अनुसन्धानका क्रममा महाशाखाले रामेछापको लिखु गाउपालिका वडा नं। १ घर भइ हाल हाल काठमाडौंको हाँडीगाउँ बस्ने रविन दमाईसहित ५ जनालाई पक्राउ गरेको हो।

उनीहरुलाई प्रहरी टोलीले एकै दिन अर्थात यही शुक्रबार बूढानीलकण्ठसहित विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ परेका सबैलाई चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारवाहीका आइतबार नै जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

यो प्रकरणमा विभिन्न पाँचजना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्ने पहिलो व्यक्ति काठमाडौंको हाँडीगाउँमा बस्दै आएका रामेछापको लिखु गाउँपालिका(१ दुरागाउँका ३२ वर्षीय रबिन दमाई रहेका छन् ।
त्यसैगरी अर्का व्यक्ति थिए सुनसरीको धरान उपमहानगरपालिका(८ घर भई हाल काठमाडौंको चाबहिल बस्दै आएका २६ वर्षीय उमेश क्षत्री।

त्यसैगरी काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका(७ घर भएर हाल काठमाडौंको बानेश्वर बस्दै आएका ३० वर्षीय राहुल माझीलाई पनि प्रहरीले लुटापटको अभियोगमा पक्राउ गरेको छ।

पक्राउ परेका अर्का व्यक्ति छन् धनकुटाको लेगुवा गाउँपालिका(७ घर भई हाल काठमाडौं महामनगरपालिका(९, रामन्दिर बस्ने ३० वर्षीय राहुल माझी।

यो लुटपाटमा पक्राउ पर्ने अर्का व्यक्ति हुन् भारतको पश्चिम बंगाल, पश्चिम मेदनीपुर जिल्ला, दासपुर थाना जयरामचोक घर भएर हाल काठमाडौंको न्यूरोड बस्ने ४२ वर्षीय श्रीकान्ता माइती रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट ११.२ ग्राम सुनको ढिक्का, सिक्री लुटपाट गर्ने क्रममा प्रयोग भएका २ थान मोटरसाइकल, मोबाइल फोन ६ थान र सुनको ४७ ग्रामको नेक्लेस पनि बरामद गरेको छ।



प्रतिक्रिया दिनुहोस !