१३ आश्विन २०८१, आइतबार

सार्वजनिक लेखा समितिले अघिल्लो कार्यकालमा दर्ता भएका भ्रष्टाचारका उजुरीमाथिको छलफलाई निरन्तरता दिने

प्रकाशित मिति :  9 July, 2023 6:50 pm


काठमाडौँ । सार्वजनिक लेखा समितिले अघिल्लो कार्यकालमा दर्ता भएर प्रक्रियामा रहेका भ्रष्टाचार सम्बन्धीका सबै उजुरी र कारबाहीका लागि सिफारिस गरेका विषयलाई निरन्तरता दिने भएको छ ।

सिंहदरबारमा आज बसेको सार्वजनिक लेखा समितिको बैठकमा अधिकांश सांसदहरूले अघिल्लो कार्यकालमा दर्ता भएर प्रक्रियामा रहेका भ्रष्टाचार सम्बन्धीका सबै उजुरी र कारबाहीको लागि सिफारिस गरेका विषयलाई निरन्तरता दिनुपर्ने माग राखेका थिए ।

सांसदहरूले अघिल्लो कार्यकालमा समितिले गरेका निर्णय र निर्देशन एवं दर्ता भएर प्रक्रियामा रहेका र भ्रष्टाचार सम्बन्धीका सबै उजुरी र कारबाहीको लागि सिफारिस गरेका विषय अहिलेको सार्वजनिक लेखा समिति र समितिका सदस्यहरूले जानकारी पाउनुपर्ने माग राखेका थिए ।

समिति सदस्यहरूको मागपछि समितिले अघिल्लो कार्यकालमा दर्ता भएर प्रक्रियामा रहेका भ्रष्टाचार सम्बन्धीका सबै उजुरी र कारबाहिको लागि सिफारिस गरेका विषयलाई निरन्तरता दिने तयारी थालेको हो ।

संघीय संसदको प्रतिनिधि सभाको पहिलो कार्यकालको अवधिमा यस लेखा समितिमा १२१ वटा विभिन्न प्रकारका उजुरीहरू दर्ता भएको र सो सम्बन्धी अध्ययन गरेर समितिले आवश्यक निर्देशन समेत दिँदै आएको समितिका सचिव एकराम गिरीले जानकारी दिए ।

उनले भने,“खासगरी संघीय संसदको प्रतिनिधि सभाको पहिलो कार्यकालको अवधिमा यस लेखा समितिमा १२१ वटा विभिन्न प्रकारका उजुरीहरु दर्ता हुन आएको देखिन्छ । यसरी प्राप्त उजुरीहरुमध्ये समितिले छनोट गरेर राष्ट्रिय महत्वका उजुरीहरुलाई छलफलमा ल्याएर सम्बन्धित निकायलाई उक्त उजुरिमाथि छानबिन गर्न, अनुसन्धान गर्न र आवश्यक परे कारबाही गर्नसम्मको निर्देशनहरु दिएको अवस्था छ ।”

समितिले दिएको निर्देशन कार्यान्वयन गर्नु सम्बन्धित निकायको कर्तव्य भएपनि अपेक्षाकृत रुपमा निर्देशन कार्यान्वयन हुन नसकेको उनको भनाई थियो ।

निर्देशन दिइसकेपछि कार्यान्वयनको अवस्थाको सन्दर्भमा तीन महिनाभित्र समितिलाई निर्देशनको अवस्थाका बारेमा सम्बन्धित निकायले जानकारी गराउँदै आएको सचिव गिरीले जानकारी दिए ।

उनले समितिका निर्देशन शतप्रतिशत कार्यान्वयन नभए पनि समग्रमा ५० प्रतिशत जति निर्देशन कार्यान्वयन हुँदै आएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस !