१३ आश्विन २०८१, आइतबार

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

प्रकाशित मिति :  10 July, 2023 9:04 am


फाइल फाेटाे।

काठमाडौँ । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसमा राष्ट्रिय सभाको बैठक आज बिहान ११ बजेबाट शुरु हुनेछ भने प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेबाट शुरु हुनेछ ।

आजको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्, राष्ट्रपति, उपराष्ट्रपति, रक्षा, गृह, कृषि तथा पशुपंक्षी,कानून, न्याय तथा संसदीय मामिला, शिक्षा, विज्ञान तथ प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, अर्थ, खानेपानी, उर्जा, जलश्रोत तथा सिंचाई, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका बजेटमाथि छलफल हुनेछ ।

प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने, केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्तावमाथि ज्ञानबहादुर शाही, प्रेम सुवाल, सोविता गौतम, सुमना श्रेष्ठबाट प्राप्त बिरोधको सूचना निर्णयतार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० पेस गर्ने, राष्ट्रिय सभामा उत्पत्ति भएको मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसुची छ ।

उक्त विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रश्ततु गर्ने, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा उत्पत्ति भएको मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।



प्रतिक्रिया दिनुहोस !