१३ आश्विन २०८१, आइतबार

यी प्रदेशमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति :  11 July, 2023 7:29 am


काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशखाको जानकारी अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित रहेको छ।

हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ‍एक\दुई स्थानमा मेघ-गर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।

त्यस्तै दिउँसो देशभर सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक\दुई स्थानमा मेघ-गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

महाशाखाका अनुसार राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा मेघ-गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी र लुम्बिनी प्रदेशका तराइका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस !