१३ आश्विन २०८१, आइतबार

लुम्बिनी विकास बैंकले मनायो १६ औँ वार्षिकोत्सव, २० वर्ष सेवा गरेका १२ कर्मचारी सम्मानित

प्रकाशित मिति :  11 July, 2023 8:33 am


काठमाडौँ । लुम्बिनी विकास बैंकले स्थापनाको १६ औं बार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा संस्थामा २० वर्ष भन्दा बढी विभिन्न तह र जिम्मेवारीमा रही सेवा गरेका १२ जना कर्मचारीहरुलाई सम्मान गरेको छ ।

सञ्चालक समितिका सम्पूर्ण सदस्यज्यूहरु र व्यवस्थापनको उपस्थितिमा बैँकका अध्यक्ष चिन्तामणी भट्टराई र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले संयुक्त रुपमा कर्मचारीहरुलाई दिर्घसेवा पदक र मायाको चिनो प्रदान गरे ।

वार्षिकोत्सवको अवसर पारेर बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत, टोखा नगरपालिका वडा नं. ७ बसुन्धरा, धापासीमा रहेको पवित्र समाज सेवा नेपालका कलेज तथा विद्यालयमा अध्ययनरत असहाय बालबालिकाहरुलाई विद्यालय पोशाक वितरण गरेको जनाएको छ ।

बैंकले ७ वटै प्रदेशमा ८९ वटा शाखाहरु तथा १ वटा एक्सटेन्सन काउन्टर मार्फत कारोबार गर्दै आएको छ । ‘निरन्तर सहयात्रा’ नाराका साथ सेवा दिइरहेको बैंकलेल ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म हुने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।



प्रतिक्रिया दिनुहोस !