१३ आश्विन २०८१, आइतबार

जेसिबीको ठक्करबाट बालकको मृत्यु

प्रकाशित मिति :  11 July, 2023 10:53 am


काठमाडौँ । बागलुङमा सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट बालकको मृत्यु भएको छ।

सोमबार साँझ बागलुङको बडिगाड गाउँपालिका-७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट स्थानीय भानबहादुर घर्तीको १४ वर्षीय छोरा सुनिल घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।

जेसिबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको केसीले बताए ।



प्रतिक्रिया दिनुहोस !