१० मंसिर २०८१, सोमबार

अभद्र व्यवहार गर्ने १२ नगर प्रहरीलाई काठमाडौं महानगरपालिकाले गर्‍यो कारबाही

प्रकाशित मिति :  11 July, 2023 11:49 am


काठमाडौँ । काठमाडौं महानगरपालिकाले विभिन्न समयमा सडक व्यापारीहरूसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गरेको छ ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार यस क्रममा ७ जना करारका नगर प्रहरीलाई महानगरपालिकाले जागिरबाट हटाएको छ । स्थायी सेवामा रहेका ५ जनालाई निलम्बन गरिएको छ ।

‘अमानवीय व्यवहार देखिएपछि हामीले यस अघि १२ जना नगर प्रहरीलाई विभागीय कारबाही गरिसकेका छौँ । हाम्रा व्रिफिङ्मा अभद्र व्यवहार नगर्न भनेका छौँ’, पाण्डेले भने, ‘यसका साथै जनस्तरका आएका गुनासाहरुको अध्ययन गरेर गल्ती गर्ने नगर प्रहरीलाई कारवाही गर्ने गरेका छौँ ।’

यस प्रकारका घटना दोहोरिन नदिन क्षेत्रमा खटिएका प्रहरीहरूलाई केन्द्रीय कार्यालयमा बोलाएर आचरण सम्बन्धी तालिम दिन थालिएको पाण्डेको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !