१३ आश्विन २०८१, आइतबार

ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ

प्रकाशित मिति :  11 July, 2023 12:33 pm


काठमाडौँ । ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिददार नारायणदास मिश्रलाई प्रकाउ गरेको जनाएको छ ।

उनीहरूलाई मंगलबार बिहान काठमाडौंबाट पक्राउ गरिएको जनाइएको छ । योसँगै ललिता निवास प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या १४ पुगेको छ । यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायतलाई प्रहरीले पक्राउ गरेको थियाे।

सीआईबीले ललिता निवास जग्गा हिनामिनामा सरकारी कीर्तेमा अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !