१३ आश्विन २०८१, आइतबार

सोलुखुम्वुको लामजुरामा मनाङ्ग एयरको हेलिकप्टर दुर्घटना, सबै यात्रु विदेशी

प्रकाशित मिति :  11 July, 2023 3:18 pm


काठमाडौं । लुक्लाबाट उडेको मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्वुको लामजुरामा दुर्घटना भएको छ ।

बिहान ९ः५२ मा सुर्केबाट उडेको मनाङ एयरको नाइन एन ( एएमभी कलसाइनको हेलिकोप्टर लिखुपिके गाउँपालिका(५ भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको लुक्ला विमानस्थलले जनाएको छ ।

हेलिकोप्टरमा क्याप्टेनबाहेक ५ जना विदेशी रहेको लुक्ला विमानस्थलका एटीसी अफिसर सागर कँडेल जानकारी दिए ।

हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको निधन भएको छ भने एक जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टर क्याप्टेन सीबी गुरुङले उडाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पुष्टि गरेको छ । अहिले दुर्घटनास्थल नजिकै दुई वटा हेलिकप्टर उद्धारका लागि पुगेको विमानस्थलले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !