१३ आश्विन २०८१, आइतबार

नेपालको बजेट दिल्लीबाटै पास हुन लागेको त होइनः विमला राई पौड्याल

प्रकाशित मिति :  11 July, 2023 3:43 pm


काठमाडाैँ । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले आगामी आर्थिक वर्षको बजेट दिल्लीबाटै पास हुन लागेको हो ? भन्दै प्रश्न गरेकी छिन्। मंगलवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले असमान बजेट आउनुको कारणबारे संसद र जनतालाई जानकारी दिन आग्रह गरिन् ।

पाैड्यालले छिमेकी देशसँगको नेपालको सम्बन्ध असमान हुँदै गइरहेको बताइन्। “प्रधानमन्त्रीले अस्ति त भनि नै हाल्नुभयो । प्रधानमन्त्री बन्नका लागि व्यापारीहरु दिल्ली दौडमा गएका कुरा आए पनि । बजेट कार्यक्रम पनि हामी त्यतैबाट पास गर्दैछौं की के हो ?,” उनले प्रश्न गरिन् ।

उनले छिमेकीसँगको सम्बन्ध असमान हुँदै गरएकाे, एकातिर ढल्किँदै गएकाे भन्दै चिन्ता व्यक्त गरिन् । असंलग्न परराष्ट्र नीति छोडेको हो? भन्दै उनले सरकारसँग जवाफ माग गरिन्।



प्रतिक्रिया दिनुहोस !