१३ आश्विन २०८१, आइतबार

एमाले सरकार बनाउने-जोखाउने गन्तव्य बिनाको खेलमा सहभागी छैनः  ओली

प्रकाशित मिति :  11 July, 2023 4:12 pm


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने कुनै मनसाय नरहेको बताएका छन्। काँग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा भईरहँदा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने सोच नरहेको प्रष्ट्याएका हुन्।  

मंगलबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा जारी पार्टीको बागमती प्रदेश संगठन कमिटीको सातौं बैठकमा बोल्दै उनले आफ्नो पार्टी सरकार बनाउने, जोखाउने कुनै पनि गन्तव्य नभएको खेलमा सहभागी नहुने बताए । ओलीले आफ्नो पार्टी २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने मिशनमा लागेको दोहोर्याए।

सरकार र सत्तारुढ दलहरुले झूट बोल्ने बाहेक केही पनि काम गर्न नसकेको आरोप लगाए । अध्यक्ष ओलीले संविधान र कानुन बमोजिम रद्द भईसकेको मिटरब्याजसम्बन्धि प्रतिस्थापन विधेयकलाई ल्याउने भनेर सरकारले झूट कुरा गरेको भन्दै आक्रोश समेत व्यक्त गरे। 

उनले सो विधेयक समयमा संसदमा नल्याउने अनि आफूले नै सो समस्याको समाधान गर्ने भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनतामाथि छल हुने गरी माइतीघर मण्डलामा अभिव्यक्ति दिएको समेत बताए। “अहिले सात महिना त सिद्धियो । यो सरकारले के ग(यो त रु वरतिरको सिन्को यसले परतिर के सा(र्यो रु,” उनले भने, “केही पनि गरेको छैन राम्रो काम । यसले के ग(यो रु ढाँट्छ, छक्याउँछ ।”

अहिलेको सरकारको तागत झूट बोल्ने, अफवाह फैल्याउने कार्य गर्दै गठबन्धन कायम राख्न चाहेको आरोप उनको छ । उनले भने, “हामीले भनेका छौं–हामीलाई सरकारमा जान हतारो नभएको मात्रै होइन, अहिले हामी सरकारतिर हेरेका पनि छैनौं । त्यतातिर सोचेका पनि छैनौं । हामी ग्रासरुटमा लाग्यौं । अव मिशन २०८४, मिशन ५१ पर्सेन्ट । यतापट्टि हामी लागेका छौं ।” 

एमालेलाई सरकारतिर हेर्ने, यो सरकारको दैनिक किचलो, सरकार बनाउने, त्यसलाई जोगाउने, त्यसलाई कसरी टिकाउने, यताको टेको, उताको टेको, यो खोज्यो, उ खोज्यो, जेलबाट छुटाएर चार वटा भोट लियो जस्ता काममा लाग्ने फुर्सद नभएको तर्क गरे । ओलीले इमान र निष्ठाका साथ देश र जनताको पक्षमा काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए। 



प्रतिक्रिया दिनुहोस !