१३ आश्विन २०८१, आइतबार

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

प्रकाशित मिति :  12 July, 2023 7:57 am


काठमाडौँ । गण्डकी प्रदेश सरकारले शुक्रबार प्रदेशमा सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेश सरकारले आषाढ २९ गते शुक्रबार भानु जयन्तीका अवसरमा सार्वजनिक बिदा दिन लागेको हो ।

गण्डकी प्रदेश मन्त्रिपरिषद्को २०७९ चैत ८ गते बसेको बैठकको निर्णय अनुसार असार २९ गते शुक्रबार बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए ।

सो अवसरमा गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शिक्षण संस्था तथा सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !