१३ आश्विन २०८१, आइतबार

राष्ट्रिय सभाको बैठक स्थगित

प्रकाशित मिति :  12 July, 2023 9:57 am


काठमाडौँ । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। आज बिहान ११ बजेका लागि तय भएको बैठक भोलिसम्मका लागि स्थगित भएको हो ।

आजका लागि तय भएको बैठक प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि स्थगित गरिएको स्रोतले बतायो । प्रधानमन्त्री प्रचण्डकी पत्नी सीताको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको छ ।

राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार बैठक असार २८ गते बिहीबार बिहान १० बजे बस्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस !