१३ आश्विन २०८१, आइतबार

सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

प्रकाशित मिति :  12 July, 2023 10:10 am


फाइल फाेटाे

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रिय समितिको बैठक स्थगित भएको छ ।

आज बस्ने भनिएको केन्द्रीय समितिको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि स्थगित गरिएको हो । अबको बैठक साउन २ गतेदेखि बस्ने गरी स्थगित गरिएको नेपाली कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा आज बिहान साढे ८ बजे नर्भिक अस्पतालमा निधन भएको छ ।



प्रतिक्रिया दिनुहोस !