१३ आश्विन २०८१, आइतबार

सिता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिने

प्रकाशित मिति :  12 July, 2023 10:28 am


काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड पत्नी सिता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेकपा माओवादी केन्द्रीय कार्यालय -पेरिसडाँडामा राखिने भएको छ ।

नेकपा माओवादी केन्द्रको केन्द्रिय सल्लाकार समेत रहेकी सिता दाहालको आज बिहान साढे ८ बजे नर्भिक अस्पतालमा निधन भएको छ ।

सीताको पार्थिव शरीर बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि नेकपा माओवादी केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा राखिने छ ।

श्रद्धाञ्जलीपश्चात् आज दिउँसो २ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !