१३ आश्विन २०८१, आइतबार

सीता दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पेरिस डाँडामा राखियो

प्रकाशित मिति :  12 July, 2023 11:59 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी स्व। सीता दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिस डाँडामा राखिएको छ ।

बुधवार बिहान उपचारका क्रममा नर्भिक अस्पतालमा ८ः३३ बजे निधन भएको हो । उहाँलाई अन्तिम श्रद्धाञ्जली दिन राजनीतिक दलका नेताहरु, विशिष्ट व्यक्तित्वहरु पुगेका छन् ।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित दाहाल लामो समयदेखि बिरामी हुनुहुन्थ्यो । आज भने हृदयाघात भएपछि बिहान ८ बजे अस्पताल पु¥याइएको थियो ।

आकस्मिक कक्षमा सीपीआर लगायतका विधिबाट उपचार गरिएको थियो । उहाँको पार्थिव शरीर श्रदाञ्जलीका लागि ११ देखि १ बजेसम्म पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा राखिने छ भने दिउँसो २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिनेछ



प्रतिक्रिया दिनुहोस !